Sunkoshi Rural Municipality Home / Directory
Sunkoshi Rural Municipality
Mulkhark, Okhaldhunga
Government
Office Info
Address Mulkhark, Okhaldhunga

बि.सं. २०७३ साल फागुन २७ गते नेपाल सरकारले स्थानीय तहहरुलाई नेपाल राजपत्रमा सूचना प्रकाशित भए बमोजिम स्थानीय तह निर्धारण तथा सिफारिस आयोगको २०७३ सालको सिफारिसका आधारमा नेपाल सरकारले देशभरी ७५३ र ओखलढुंगा जिल्लामा ८ वटा स्थानीय तह घोषणा गर्दा सुनकोशी गाउँपालिकालाई १० वटा वडामा बिभाजिन गरिएको छ । ओखलढुंगा जिल्लाका साविकका कटुञ्जे, च्यानम, मुलखर्क, सिस्नेरी र बलखु गरी ५ वटा गा.वि.स हरु मिलाएर सुनकोशी गाउँपालिका घोषणा गरे अनुसार २०७३ साल अषाढ २३ गते विधवित रुपमा स्थापना भएको हो । जिल्ला सदरमुकाम देखी करीब ३४ कि.मी पश्चिममा अवस्थित सुनकोशी गाँउपालिका कृषि सिसा, खरी ढुङ्गा उच्च स्थानमा रहेको रमणिय डाँडाहरु, पर्यटकिय स्थलहरु,रमणिय गुम्बाहरु, वन सम्पदाको हिसावले अत्यन्त संभावना बोकेको गाँउपालिका हो । बेशी, खोच, मध्य पहाड भुगोल भएको विविधतापुर्ण हावापानी रहेको पाईन्छ । यस गाँउपालिकाको पुर्वमा ओखलढुङ्गा जिल्लाको सिद्धिचरण.नगरपालिका, पश्चिममा चम्पादेवी गाउँपालिका, उत्तरमा मोलुङ गाँउपालिका र दक्षिणमा सिन्धुली जिल्लाको सिमाना सँग जोडिएको छ । विश्व मानचित्रमा २७.२८४ञ३३ू उत्तरी अक्षाशं देखी ८६.३७७ञ३९ पुर्वी देशान्तर सम्म पैmलिएको यसगाँउपालिकाको सवै भन्दा होचो मोलुङ दोभान देखी करिव २५०० मिटर उचाइ सम्म अवस्थीत छ । १४३.७५ वर्ग कि.मी क्षेत्रफलमा पैmलिएको यस गाँउपालिकाको औषत तापक्रम ११ डिग्री सेल्सीएस देखी ३२ डिग्री सेल्सीएस सम्म रहेको छ । यस गाँउपालिकाको सामाजिक रितीरिवाज रचाड पर्वमा बडा दशैं, तिहार, चैते दशै, साउने संक्रान्ती, ल्होसार, माघे संक्रान्ती, बुद्ध जयन्ती लगायतका स्थानिय कला संस्कृती भेषभुषाहरु रहेका छन् । स्थानिय भेषभुषा रहेता पनी युवा वर्गहरु आधुनिकता तर्फ आर्कषित भएको पाईन्छ ।

Quick Links

© 2026 Suchanaa. All Rights Reserved.