Service Center, Byasi Home / Directory
Subhakamana Saving & Credit Co-operative Society Ltd., Service Center, Byasi
Byasi-2, Bhaktapur
Finance & Insurance
Office Info
Address Byasi-2, Bhaktapur
Email Not available

वि.सं. २०५७ जेष्ठ २४ गते स्थापना भई ७५ जना संस्थापक सदस्यहरुको जम्मा रु ७,५०,०००।– (अक्षरुपी स्– रु सात लाख पचास हजार मात्र) शेयर पूँजीबाट शुरु भई २०८१ आषाढ मसान्त सम्म रु १,०८,६०,०००।०० (अक्षरुपी रु दश करोड छयासी लाख मात्र) शेयर पूँजी र सदस्य संख्या १०,३२९ पुगिसकेको छ । सहकारी संस्थाको दिगो विकासको लागि संस्थाको जगेडा कोष एवं अन्य कोषहरुको अवस्था मजबुत हुनु आवश्यक छ जस अनुसार यस संस्थाको २०८१ आषाढ मसान्त सम्ममा जगेडा कोष एवं अन्य कोषहरुमा रु १८,७४,७७,७३५।२७ (अक्षरुपी रु अठार करोड चौहत्तर लाख सत्तहतर हजार सात सय पैत्तिस र पैसा सत्ताइस मात्र) पुगिसकेको छ । यो संस्था प्रगतीको लक्ष्यण पनि हो र यसबाट संस्था सुरक्षीत रहेको छ ।

 

स्थापनाकाल देखि वित्तिय क्षेत्रमा उत्कृष्ट हुने परिकल्पना गरिएकोमा केहि वर्षको अन्तरालमा विभिन्न संघ संस्था तथा सरकारी निकायहरुबाट पुरस्कार, सम्मान कदर पत्रहरु प्राप्त गर्ने क्रममा नेफस्कूनबाट प्रदेश नं. ३ को उत्कृष्ट सहकारी २०७४, राष्ट्रिय सहकारी बैंकको ठिमी शाखाबाट उत्कृष्ट कारोबार गरेको कदर पत्र तथा सम्मान २०७४, एसियाली ऋण महासंघ (ACCU) बाट ACCESS SILVER BRAND २०१६ र २०१७ प्राप्त भैसकेको सर्व विदितै छ ।साथै संस्थाको हालको दृष्टिकोण प्रविधियुक्त, सदस्य मैत्री, उत्कृष्ट वित्तिय सहकारी र ध्येयमा गुणस्तरीय, प्रविधिमा आधारित, सरल वित्तिय सेवा एवं क्षमता विकासका कार्यक्रमहरु मार्फत सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकास गर्ने जुन लक्ष्य लिएका छौं सोही अनुसारको निति तथा कार्यक्रम समेत तय गरि विभिन्न रणनीति योजनाहरु बनाई अगाडी बढेको छ ।

 

यस लक्ष्य प्राप्त गर्नका लागि संचालक, सल्लाहकारज्यूहरु, विभिन्न उपसमितिका सदस्यहरु र कर्माचारीहरु सबै मेहेनतका साथ प्रयासरत छन् । यस अविधमा हाम्रो लक्ष्य ACCESS GOLD BRAND प्राप्त गर्ने नै हो । साथै उक्त द्यचबलम प्राप्त गर्न आवश्यक रहेको शेयर पूँजी, निक्षेप र सदस्यता बृद्धि तथा भाखा नाघेको ऋणमा न्यून गर्नको लागि तपाई सदस्यहरुको महत्वपूर्ण सहयोगको अपेक्षा गर्दछु ।
विगतमा वित्तिय बजारमा ब्याजदर, निक्षेप र तरलतामा जति उतार–चढाव आए पनि यस संस्थाले सोको सामना गरी आफ्नो वित्तिय स्थिरता कायम राख्न सफल भएको छ । यस संस्थाले २०६३ सालमा आएर नासमनामा आफ्नै भवन निर्माण गरी सदस्यहरुलाई वित्तिय सेवा प्रदान गर्दै आएको र हाल आएर २०७६ साल बैशाख २ गतेबाट वर्र्तमान वित्तिय प्रतिस्पर्धालाई मध्यनजर गरी हाल भक्तपुरको मुख्य बजारीकरण भएको सुर्यविनायक नगरपालिका-६ सुर्यविनायकमा आफ्नै भवन खरिद गरि उक्त भवनमा मुख्य कार्यालय संचालनका साथ सदस्यहरुलाई सेवा प्रदान गर्दै आइरहेका छौं ।

Parent Company

Quick Links

© 2026 Suchanaa. All Rights Reserved.