“समुन्त भविश्यको लागि संयुक्त अभियान, सिन्धुमा निरन्तर वचत हाम्रो दरिलो पहिचान” भन्ने मुल नाराका साथ सिन्धुली जिल्लाको कमलामाई न.पा.-६ धुराबजार मा मुख्य कार्यालय रहने गरी तथा कमलामाई नगरपालिका भरि वित्तिय संस्थाको सेवा नपाई जीविकोपार्जनको लागि आफ्नो पेशा, व्यवसाय संचालन गर्न कठिनाई, शिक्षा, स्वास्थ्यमा कम लगानी, वेरोजगारीको समस्या र आकस्मिक घटनाहरुमा आइपर्ने आर्थिक समस्याले गर्दा ज्यानै गुमाउनु परेका घटना तथा साहु महाजनको शोषणवाट जीवनस्तर कष्टकर वनेको कारणले स्थानिय स्तरमा दिगो सक्षम वित्तिय संस्थाको आवश्यकता महसुस गरि २०६५ साल असोज १८ गते जिल्ला डिभिजन सहकारी कार्यालय धनुषामा विधिवत रुपमा दर्ता भई यसको जन्म भएको हो । सहकारी ऐन २०४८ अनुसार द.नं. २८/०६५/०६६ कायम भई स्थापित यस संस्थाले सदस्यहरुमा वचत तथा ऋणको कारोवार संचालन गर्न पाउने कानुनी अधिकार प्राप्त गरेको छ । यस संस्थाले वित्तीय कारोबार गर्नको लागि आन्तरिक रजस्व कार्यालय जनकपुरबाट स्थाई लेखा नं. ६०१६५१८०१ समेत प्राप्त गरेको छ ।
समावेशी एवं प्रविधि यूक्त सेवा विस्तार गरी समृद्ध समाजको निर्माण गर्ने उदेश्यका साथ सदस्यहरुको आर्थिक तथा सामाजिक विकासमा टेवा पुर्याउन संस्थाले मूख्य रुपमा व्यक्तिगत तथा समूहगत वचत तथा ऋणका कार्यक्रम, सदस्य जीवन सुरक्षंण संचालन गरि आर्थिक, सामाजिक, स्वास्थ्य तथा वातावरणीय क्षेत्रमा उल्लेख्य उपलब्धी हासिल गर्ने उदेश्यका साथ ३० जना सदस्यहरुवाट रू. ३०,०००।– शेयर पूजी संकलन गरि कारोवार शूरु गरिएकोमा हाल करोडौमा रुपान्तरित छ । कमलामाई नगरपालिका भित्र कार्यक्षेत्र रहेता पनि कमलामाई नगरपालिका ६ धुरावजारको मनिसहरुको सकृयततामा दर्ता भएको यस संस्थामा हाल सम्म भएका २३६८ जना सदस्यहरुको उत्साहजनक सहभागिता भई सेवा तथा प्रतिफल समेत अधिकतम वितरण गर्न सकिएकोले संस्था र यसको कार्यक्रमहरुको औचित्य प्रमाणित भएको छ ।
© 2026 Suchanaa. All Rights Reserved.