Sigas Rural Municipality Home / Directory
Sigas Rural Municipality
Garje, Baitadi
Government
Office Info
Address Garje, Baitadi
Website sigasmun.gov.np

भुपरिवेष्ठित देश नेपालको सुदूरपश्चिम प्रदेशको पश्चिम भागमा अवस्थित रहेको वैतडी जिल्लाको पुर्वी पहाडी भागमा यो सिगास गाउँपालिका अवस्थित रहेको छ ।

 

साविकका सिगास‚गाँजरि‚ढुङ्गाड‚थालाकाँडा‚शिवलिङ्ग‚चौखाम गाविस र शिखरपुरका २ वडा मिलाएर हाल सिगास गाउँपालिका बनेको छ । रहनसहन‚लवाईखवाई देखि लिएर रीतिरिवाज परम्परा‚भाषा लगायत सम्पुर्ण कुरा यी ६ गा.वि.स विच मिल्ने भएकाले यी ६ गा.वि.स समावेश गरि एक गाउँपालिको रुपमा सिफारिस गरिएको थियो ।यस सिगास गाउँपालिमा ९ वडा कायम गरि साविकको शिवलिङ्ग गा.वि.स को वडा न ४ गर्जेमा कार्यालको केन्द्र कायम गरिएको छ ।

 

धार्मिक पर्यटकीय द्वष्ट्रिले हेर्दा च्वाँगढ क्षेत्रको प्रसिद्ध धार्मिक स्थल सिगास मन्दिरलाई आधार मानि यस गाउँपालिकाको नाम सिगास राखिएको छ । २४५.४४ वर्ग कि.मि क्षेत्रमा फैलिएको यस गाउँपालिकाको कुल जनसङख्या  २०७८ को जनगणना अनुसार २१,८१४ जना रहेको छ, जसमध्ये महिला ५२.६०% र पुरुष ४७.४०% रहेको छ । सिगास गाउँपालिकाको कुल साक्षरता दर ७४.३%छ । समुद्र सतह देखि २२४९ मिटर उचाईमा यो गाउँपालिका रहेको छ ।

 

भौगोलिक अवस्थिति :

पूर्व : आदर्श गाउँपालिका, डोटी, केरादस्यु गा पा वझाङ्ग जिल्ला

पश्चिम : सूर्नाय गा.पा. ,पाटन नगरपालिका वैतडी जिल्ला

उत्तर : वित्थड चिर गा.पा., वझाङ्ग जिल्ला

दक्षिण : नवदुर्गा गा.पा., डडेल्धुरा जिल्ला

सिगास गाउँपालिकाको हावापानी तथा भु वनावट

 

हावापानी र जलवायु :

यस गाउँपालिकाको हावापानी उष्ण प्रदेशिय देखि लिएर समशितोष्ण प्रदेशिय हावापानी भित्र पर्दछ।

 

वनावट :

यस गाउँपालिकाको भूगोल भिरालो जमिन र धेरै जसो कडा चट्टान र वनजंगलले घेरेको छ। कुनै ठाउँमा चिम्टाईलो,पाङगो माटोका साथै धेरै कंकडयुत्त माटो पाईन्छ। त्यसैले माटोको उर्वरा शक्तिमा पनि विविधता पाईन्छ।

Quick Links

© 2026 Suchanaa. All Rights Reserved.