सहकारी ऐन २०४८ अनुसार २०५७ सालमा जिल्ला सहकारी कार्यालय नवलपरासीबाट दर्ता भएको यस सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको मुख्य कार्यालय बुटवल ९ मिलनचाेकमा रहेको छ भने रुपन्देही जिल्लाको गैंडहवा गाउँपालिका वडा न.७ शान्तिबजारमा सेवाकेन्द्र कार्यलय रहेको छ । जनसमुदायबीच स्वालम्बनको भावना, पारस्परिक सहयोग, मितब्ययितामा रहेर संस्थाका सदस्यहरुको आर्थिक तथा सामाजिक जीवन–स्तर अभिबृद्धि गर्नका लागि सहकारीको अवधारणा र सिद्धान्तमा रही भावानत्मक एकता भएका प्रतिष्ठित ब्यवसायी, शिक्षक, कर्मचारी तथा बैकिङ्ग क्षेत्रमा लामो अनुभव प्राप्त गरेका ब्यक्तित्वहरुबाट स्थापित संस्था हो । यस संस्थाले सदस्यहरुमा छरिएर रहेको पूँजीलाई विभिन्न बचतको माध्यमबाट सकंलन गरी आर्कषक ब्याज प्रदान गर्ने तथा सरल तरिकाबाट छिटोछरितो र सुलभ दरमा कर्जा प्रवाह गर्ने, सदस्यहरुको आर्थिक सामाजिक जीवन–स्तर उठाउने र सिप तथा ब्यवसायमुलक तालिमहरुको ब्यवस्था गरी आत्मनिर्भर बनाउने जस्ता विषयलाई मुख्य उद्देश्यका रुपमा लिएको छ ।
संस्थाले सदस्यहरुसंग आर्कषक व्याजमा मासिक बचत, पेन्सन बचत, सिद्धार्थ बचत, स्वेच्छिक बचत, अल्पकालिन बचत, आवधिक बचत, साधारण बचत जस्ता विभिन्न बचतहरु, सदस्यहरुका छोरा छोरीहरुका नामबाट बाल बचत संकलन तथा दैनिक आम्दानी गर्ने सदस्यहरुको सुविधाका लागि संस्थाका कर्मचारीहरूले दैनिक रुपमा सदस्यहरूको घर दैलोमा गई दैनिक बचत संकलन गर्ने गरेको छ । यसरी संकलित बचत रकमलाई सदस्यहरुकावीच सर्वसुलभ तरिकावाट विभिन्न शिर्षकहरुमा ऋण लगानी गर्दै आएको छ । त्यसैगरी अर्गानिक खालका उपभोग्य बस्तुहरु, रेमिटान्स सेवा इ-सेवाका माध्यामबाट विभिन्न सेवाहरु उपलब्ध गराउदै आइरहेको छ । गैर वित्तिय सेवा अन्र्तगत सदस्यहरुलाई सहकारी शिक्षा, ब्यवसायिक शिक्षा तालिम, अवलोकन भ्रमण, बनभोज कार्यक्रम, सदस्यहरुका छोरा छोरी (वालवालिका) का लागि बालमैत्री कार्यक्रम एवम बिभिन्न समयमा सामाजिक तथा मानवीय सेवाका कार्यक्रमहरु संचालन गर्दै आइरहेको साथै सदस्यहरुको सन्तुष्टि नै यस संस्थाको सन्तुष्टि एवं सफलता हो भन्ने मुल नारालाई अघि सार्दै दैनिक कारोवार संचालन गर्न तथा वार्षिक साधरण सभाले तोकेको नीति तथा कार्यक्रमलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न संस्थाका पदाधिकारी एंव संस्थाको स्वीकृत कर्मचारी प्रशासन नियमावली बमोजिम दक्ष तथा अनुभवी कर्मचारीहरुको नियुक्ति गरिएको छ ।
© 2026 Suchanaa. All Rights Reserved.