Siddhalek Rural Municipality Home / Directory
Siddhalek Rural Municipality
Wungchung Dhading
Government
Office Info
Address Wungchung Dhading

परापूर्वकालदेखि यस क्षेत्रका वासिन्दाहरुको आस्थाको केन्द्र रहेको सिद्धबाबाको मन्दिरको नामबाट यस गाउँपालिकाको नाम सिद्धलेक राखिएको हो भन्ने यहाँको बुद्धिजिविहरुको छ । स्थानिय निकाएको पुनर्संरचना अनुसार सिद्धलेक गाउँपालिका साविकका नलाङ सलाङ र कुम्पुर गा. वि. स हरु समेटि बनेको छ । यस गाउँपालिकामा ७ वटा वडाहरु निर्माण गरिएको छ । यहाँको कुल क्षेत्रपल १०६.०९ वर्ग किमी रहेको छ जसमा पूर्वमा निलकण्ठ न.पा. र गल्छी गाउँपालिका, पश्चिममा गोरखा जिल्ला, उत्तरमा ज्वालामुखी गाउँपालिका र निलकण्ठ न.पा. तथा दक्षिणमा गजुरी र बेननिघाट रोराङ गाउँपालिका रहेको छ । २०७८ सालको जनगणना अनुसार सिद्धलेक गाउँपालिकाको जनसंख्याको २२,२१४ रहेको छ।