आर्थिक तथा सामाजिक विकासका लागि बचत गरौं” भन्ने मूल नाराका साथ सहकारी ऐन २०४८ अन्तर्गत डिभिजन सहकारी कार्यालय भक्तपुरमसाल कार्तिक २१ गते दर्ता भई सञ्चालन भइरहेको शुभश्री बचत तथा ऋण सहकारी संस्था लि. बचत तथा ऋण कारोवार गर्न स्वीकृती प्राप्त संस्था हो । मध्यपुर थिमि न.पा.–४, शंखधर चोक, भक्तपुरमा यसको कार्यालय रहेको छ । समाजमा निष्कृय भएर रहेका स–साना पू“जीलाई एकत्रित गरी शेयर सदस्यहरूलाई बिभिन्न व्यवसायिक तथा सीपविकास सम्बन्धी तालिम प्रदान गरी सरल एवं सहज ढंगले कर्जा प्रवाह गरी स्वरोजगार तथा व्यवसायिक व्यक्तत्वको रुपमा स्थापित गर्दै लैजाने यस संस्थाको मुख्य उद्देश्य रहेको छ । लामो समयदेखि वित्त, लेखा एवं बिभिन्न पेशामा आवद्ध रही अनुभव हासिल गर्नु भएका स्थानीय व्यक्तित्वहरू यस संस्थाको अग्रपंक्तिमा रहनुले लक्ष्य प्राप्ति गरी निश्चयनै अघि बढि रहेको छ । शेयर पू“जी (Share Capital) अहिलेको प्रतिस्पर्धात्मक बजारको अवस्थालाई मध्यनजर गर्दै यस संस्थाको अधिकृत शेयर पू“जी रु. ५,००,००,०००÷– (अक्षरेपी पाच करोड रुपैया“) कायम गरिएको छ । आवश्यकता एवं अनुकूलता बमोजिम यसलाई क्रमिक रुपमा चुक्ता पू“जीमा परिणत गर्दै लागिनेछ ।
© 2026 Suchanaa. All Rights Reserved.