Rapti Rural Municipality Home / Directory
R
Rapti Rural Municipality
Musuriya, Deukhuri Dang
Government
Office Info
Address Musuriya, Deukhuri Dang
Toll Free No. 16608218221

नेपालको मध्य पश्चिम क्षेत्रमा रहेको दाङ जिल्लाको पूर्वीभागमा अवस्थित राप्ती गाउँपालिका भित्री मधेश तथा चुरे क्षेत्रमा अवस्थित छ । राप्ती गाउँपालिका साविकमा भएका २ वटा गाउँविकास समितिहरु लालमटिया र सिसहनीयाको सवै भाग तथा हाँसिपुर गाउँविकास समितिहरु साविक वडा नं. १ र २ वडालाई पुर्नसंरचना गरी हाल ९ वटा वडामा पुर्नसंरचना गरिएको छ । हाल यसको प्रशासनिक केन्द्रको रुपमा मसुरिया राखिएको छ ।

 

यो गाउँपालिका २७ डिग्री ४९ मिनेट ५ सेकेण्ड देखि २७ डिग्री ५५ मिनेट १५ सेकेण्ड उत्तरी अक्षास सम्म र ८२ डिग्री ३६ मिनेट ८ सेकेण्ड देखि ८२ डिग्री ४८ मिनेट २६ सेकेण्ड पूर्वी देशान्तरमा रहेको छ । कूल क्षेत्रफल १६१.०७ वर्ग किलोमिटर रहेको छ ।यस गाउँपालिकाको पूर्वमा राप्ती नदीपारी अर्घाखाँची जिल्ला र दक्षिणमा राप्ती नदी तथा गढवा गाउँपालिका, उत्तरमा घोसखोला र वंगलाचुली गाउँपालिका तथा पश्चिममा लमही नगरपालिका पर्दछ । यस गाउँपालिकाको विचबाट करिव १५ कि.मि पूर्वपश्चिम राजमार्ग पर्दछ । यो गाउँपालिका समथर तथा सिंचाई सुविधा भएको कारण अति उर्वर समेत भएकाले कृषि खेती तथा तरकारी वालीको लागि राम्रो संभावना छ ।

 

यस गाउँपालिका क्षेत्रमा व्रामह्ण, क्षेत्री, ठकुरी, गुरुङ,मगर, थारु, दलित र मुश्लिमहरुको वसोवास रहेको छ । राप्ती गाउँपालिकामा जम्मा  जनसंख्या  २०७८ सालको जनगणना अनुसार जनगणना घर संख्या १०९४०, परिवार संख्या ११८३७ मा महिला २७३०६ र पुरुष २४८१७ गरेर जम्मा ५२१२३ रहेको छ । राप्ती गाउँपालिकामा जम्मा ९ वटा वडाहरु रहेका छन्। 

 

ऐतिहासिक चिनारी तथा नामाकरण

राप्ती गाउँपालिका दाङ जिल्लाको सदुरपूर्वी क्षेत्रमा रहेको गाउँपालिका हो । नेपालको संघीय शासन प्रणाली अन्तर्गत राज्य पुर्नसंरचनामा स्थानीय तहको नर्या सिमाकन गर्दा यो गाउँपालिका साविकका ३ वटा गाविसहरुबाट रुपान्तरण भई स्थापना भएको हो । यो गाउँपालिका जातिगत तथा सास्कृतिरुपमा बिशिष्टता र बिविधता बोकेको गाउँपालिका हो । आदिवासी थारु, मगर र क्षेत्री वाम्ह्हणहरुको समेत यस गाउँपालिकामा बसोवास रहेको छ । यस गाउँपालिकाको पूर्वी तथा दक्षिणी भागबाट समग्र देउखुरीकै सम्पत्ति, प्रमुख ऐतिहासिक श्रोतको रुपमा रहेको र समुन्नत कृषि प्रणालीको आधार राप्ती नदीले यस गाउँपालिकालाई चिनाएको छ । ऐतिहासिक तथा पर्यटकीय महत्व तथा  प्रसिद्ध धार्मिक आस्थाको केन्द्रको रुपमा रहेका प्रसिद्ध भद्राक्षी देवी मन्दिर यसै गाउँपालिकामा पर्छ । स्वस्थानी व्रत कथामा उल्लेख भए अनुसार महादेव पत्नी सतीदेविको देव्रे घुडा पतन भएको स्थान यो ऐतिहासिक तथा प्रसिद्ध ऐतिहासिक महत्वका स्थल यस गाउँपालिकाका भित्र पर्दछ ।

 

नामाकरण

राप्ती गाउँपालिका नामाकरण सम्बन्धमा रहेको धारणा अनुसार यो क्षेत्र देउखुरी उपत्यकाको जलभण्डारको रुपमा रहेको राप्ती नदीको सिचित भूमी हो । यहाँ राप्ती र यसका सहायक नदीहरु पूर्वबाट क्रमश पश्चिम तर्फ बहेको छ । यस क्षेत्र भएर राप्ती नदी बहने हुनाले आदिकाल देखि यस क्षेत्रलाई राप्ती क्षेत्र नै भनिदै आएको हो । त्यसैले हाल राज्य पूर्नसंरचना यस गाउँपालिकाको नाम राप्ती राखिएको हो ।

 

राजनीतिक अवस्थिति

राजनैतिक विभाजनको आधारमा दाङ जिल्लाको निर्वाचन क्षेत्र नं. १ (क) अन्तर्गत पर्ने राप्ती गाउँपालिका जम्मा ९ वटा वडाहरुमा विभाजन भएको छ । साविकको २ वटा गाउँविकास समितिहरु सिसहनिया र लालमटियाको सबै साविकका वडाहरु र हाँसिपुरको २ वटा वडाहरुलाई पुर्नसंरचना गरी राप्ती गाउँपालिका कायम गरिएको छ । यस गाउँपालिकाको केन्द्र वडा नं. ३ को मसुरियामा रहेको छ ।

Quick Links

© 2026 Suchanaa. All Rights Reserved.