Namkha Rural Municipality Home / Directory
Namkha Rural Municipality
Yalwang, Humla
Government
Office Info
Address Yalwang, Humla
Fax 087680280
Emergency Contact 9858088886
Audio Notice Board 1618087680280

यस नाम्खा गाउँपालिका नेपालकाे संविधान, २०७२ काे धारा २९५  उपधारा(३) बमाेजिम कायम भएका ७५३ स्थानिय तहहरू मध्ये एक स्थानिय तह हाे । याे  कर्णाली प्रदेश अन्तर्गत हुम्ला जिल्लाकाे सुदुर उत्तर पश्चिम भागमा अवस्थित रहेकाे छ । याे चिनकाे स्वसाशित क्षेत्र तिब्बतसगँ जाेडिएकाे छ । याे क्षेत्रफलका हिसावले नेपालकाे सबैभन्दा ठुलाे गाउँपालिका हाे  जसकाे कुल क्षेत्रफल करिब २४१९.६४ वर्ग कि.मी रहेकाे छ। साविककाे हेप्का, खगालगाउँ, मुचु र लिमी गा.वि.सहरू मिली बनेकाे यस गाउँपालिकामा हाल जम्मा ६ वटा वडाहरू रहेका छन । यसकाे पुर्वमा सिमकाेट गाउँपालिका, पश्चिम र उत्तरमा चिनकाे तिब्बत क्षेत्र र दक्षिणमा बझाङ र बाजुरा जिल्ला रहेका छन । वि.स. २०७८ काे जनगणना अनुसार यस गाउँपालिकामा करिब ३९०० जनसङख्या रहेकाे छ । यहाँ एक मात्र जाति तामाङ(लामा)हरूकाे मात्र वसाेबास रहेकाे छ ।  यिनीहरू बाैद्द धर्म मान्दछन । यस गाउँपालिकाकाे प्रत्येक टाेलहरूमा लामा जातिहरूकाे आस्थाकाे प्रतिक देवता मानिने बाैद्द गुम्बाहरू रहेका छन । यिनीहरूकाे मुख्य चाडपर्व साेनाम ल्हाेसार हाे । यहाँ  उवा, फापर, काेदाे, आलु, चिनाे, कागुनाे, मकै, स्याउ, ओखर, चुली, खामु जस्ता खाधबालीहरू उत्पादन हुने गर्दछ । यहाँकाे जंगल सल्लाे, धुपी, भाेजपत्रले ढाकेकाे छ । यार्सागुम्बा, च्याउ, उत्तिस, कटुकी, जटामसी आदी जडिबुटीहरू यहाँकाे वन क्षेत्रमा उपलब्ध छन ।

  • केन्द्रः याल्वाङ्ग (साविककाे मुचु गा.वि.सकाे कार्यालय)
  • वडा संख्याः ६                             
  • जनसङ्ख्याः ३५८९                 
  • क्षेत्रफलः २४१९.६४ वर्ग कि.मी.(नेपालकाे सबैभन्दा ठुलाे गाउँपालिका)
  • सिमानाः         पुर्वः सिमकाेट गा.पा               पश्चिमः चिन                   उत्तरःचिन                          दक्षिणः बझाङ र बाजुरा जिल्ला

Quick Links

© 2026 Suchanaa. All Rights Reserved.