Khandachakra Municipality Home / Directory
Khandachakra Municipality
Manma, Kalikot
Government
Office Info
Address Manma, Kalikot
Fax 087440012
Audio Notice Board 1618070768702

कालिकोट जिल्लाको सदरमुकाम खाँडाचक्र नगरपालिका साविक कर्णाली अञ्चलको प्रवेश द्वार समेत हो। यस नगरपालिकामा साविकको मान्म, पाँखा, दाँहा गाविस तथा वदालकोट गाविसको वडा नं. १, २ र ३ र भर्ता गाविसको वडा नं. ८ लाई समेत समेटिएको छ । नगरपालिकाको पुर्व तर्फ तिलागुफा नगरपालिका, पश्चिम तर्फ कर्णाली नदी, उत्तर तर्फ पचालझरना गाउँपालिका र दक्षिण तर्फ शुभकालिका गाउँपालिका पर्दछ ।यस नगरपालिकाको कुल क्षेत्रफल १३३.२९ वर्ग कि.मी.  रहेको छ । यस नगरपालिकामा पर्ने महत्वपूर्ण पर्यटकीय स्थलहरु कोट दरवार तथा ढुङ्गेवगैचा, चुलीमालिका, पिली युद्ध पर्यटकीय क्षेत्र, पन्चदेवल मन्दिर आदि हुन् ।

 

नेपालको सबैभन्दा ठूलो ताल, रारा ताल पुग्ने स्थलमार्ग एक मात्र कर्णाली राजमार्ग हो जुन यसै नगरपालिका हुँदै अगाडी बढ्दछ । विगतमा यस नगरपालिका सामाजिक, आर्थिक, विकास लगाएतको क्षेत्रमा निकै पछि परेको भएता पनि नेपालको संबिधान तथा संघियता कार्यान्वयनको क्रममा केहि वर्षयता यस क्षेत्रमा विकास निर्माणको गति तिव्र हुदै गएको छ । नगरपालिकाले नगरको समग्र विकासको लागि शिक्षा, स्वास्थ्य, पुर्वाधार, कृषि, पशु, पर्यटन, लक्षीत समुह विकास, खानेपानी सरसफाइ लगाएतका क्षेत्रमा नागरिकलाई नजिकवाट सेवा प्रवाह गर्न हरदम प्रयास गरिरहेको छ ।

Quick Links

© 2026 Suchanaa. All Rights Reserved.