यस सहकारी संस्थाको कार्यक्षेत्र लुम्विनी प्रदेशका ६ जिल्लाहरु (नवलपरासी (व.सु.प), रुपन्देही, कपिलवस्तु, दाङ्ग, बाँके र बर्दिया) रहेको छ । “हामि गर्छौं सबैका लागि, सधैंका लागि” भन्ने मूल नाराका साथ लुम्विनी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सहकारी बिभाग बुटवलमा दर्ता नं. २५(२०७७/०७८) बाट दर्ता भई बुटवल उपमहानगरपालिका वडा नं. ११ मा केन्द्रिय कार्यालय स्थापना गरि सेवा सुभारम्भ गरेको छ । यस संस्थाको जारी पूँजी रु दश करोड रहेको छ जसलाई क्रमशः चुक्ता गर्दै लगिनेछ । यस संस्थाले अत्याधुनिक प्रबिधि प्रयोग गरि सदस्यहरुलाई आधुनिक सहकारी सेवा प्रदान गर्दै सबैको मन मनमा बस्ने सहकारीको रुपमा अगाडी बढ्ने दृढ योजना रहेको छ । जसमा कार्यक्षेत्र भित्रका सबै जिल्लाका सामाजिक तथा आर्थिक बिकासका निम्ति भूमिका निर्वाह गर्न सक्षम व्यक्तिहरुको उपस्थिति रहेको छ ।
उद्देश्य
यस सहकारी संस्थाले लुम्बिनी प्रदेश भित्रका ६ वटा जिल्ला समेट्ने गरि उक्त क्षेत्रमा रहेका अति निम्न, निम्न र मध्यम वर्गलाई समेटी आर्थिक पहुँचबाट टाढा रहेका सदस्यहरुका लागि आर्थिक बिकास गर्दै सेवामुलक व्यवसाय सञ्चालनमा तथा व्यवसायिकता समेत बृद्धि गर्नका निम्ति संस्थाले अहं भुमिका निर्वाह गर्नेछ ।
विशेषता
यस संस्थाले बिपन्न वर्ग तथा बैंकिङ्ग पहुँचमा नपुगेका सदस्यहरुलाई लघुवित्त कार्यक्रम अन्तर्गत संगठित गर्दै आधुनिक प्रबिधियुक्त र दक्ष जनशक्तिहरुको उपयोग गरि आर्थिक तथा सामाजिक बिकास गर्दै जानेछ ।
लक्ष्य
बिभिन्न समुदायमा रहेका सदस्यहरुको आर्थिक रुचि, चाहना, भावना तथा आवस्यक्ता पुरा गरि आर्थिक रुपमा सवल र सक्षम समाजको निर्माण गरि सदस्यहरुलाई गुणस्तरिय सेवा प्रदान गर्दौ जाने लक्ष्य रहेको छ ।
© 2026 Suchanaa. All Rights Reserved.