Gangadev Rural Municipality Home / Directory
Gangadev Rural Municipality
Sandada, Rolpa
Government
Office Info
Address Sandada, Rolpa

संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको लुम्बिनी प्रदेश अन्र्तगत रोल्पा जिल्लाको १० वटा स्थानिय तह मध्येको गंगादेव गाँउपालिका पनि एक हो । देश र जनताका लागि वलिदान गर्ने शहिद गंगा र देव को नाम बाट यो गाउँपालिकाको नामाकरण गरिएको हो । यस गाँउपालिकाको केन्द्र जिनावाङमा रहेको छ । यस गाँउपालिका रोल्पा जिल्ला सदरमुकाम देखी करिव ६५ कि.मि. उत्तर पश्चिम भागमा अवस्थित रहेको छ । साबिकका चारवटा गाबिस (ओत, जिनावाङ, पाखानी, राँक) लाई मिलाइएर बनाएको हो । यस गाँउपालिकाको क्षेत्रफल १२४.३८... वर्ग कि.मि. र जनसंख्या २१,५०३ रहेको छ । साविकका ४ वटा गाँउ विकास समितिहरु मिलाइएर वनेको यस गंगा देव गाँउपालिकाको सिमाना पूर्वमा माडि, परिवर्तन गाउँपालिका, पश्चिममा सल्यान बागचौर न.पा छत्रेश्वरी उतरमा रुकुम त्रिवेणी गाउँपालिका,दक्षिणमा र त्रिवेणी माडि,गाउँपालिका रहेका छन ।

हावापानी 
समुन्द्री सतह देखी करिव ९०० मिटर देखी २७०० मिटर सम्मको भौगोलिक
 उचाईमा अवस्थित यस गंगा देव गाँउपालिकामा न्यानो समशितोषण हावापानी देखी ठण्डा समशितोषण सम्मको हावापानी पाईन्छ । 


भौगोलिक परिचय
भौगोलिक विभाजनअनुसार गंगादेव गाउँपालिका नेपालको रोल्पा जिल्लाको पश्चिम उत्तर भागमा रहेको मध्यमस्तरको आबादी भएको गाउँपालिका हो । यसको कूल क्षेत्रफल १२४.३८ वर्ग किलो मिटर रहेको छ । यो गाउँपालिका भौगोलिक हिसाबले पहाडी भेगमा पर्दछ । यहाँको हावापानी समशीतोष्ण खालको रहेको छ । भौगोलिक एवम् प्राकृतिक विविधतायुक्त यस गाउँपालिका क्षेत्रले ऐतिहासिक महत्त्व पनि राख्दछ । पर्यटकीय हिसाबले पनि यो गाउँ अत्यन्तै सुन्दर एवम् मनमोहक देखिन्छ । 


वि.सं. २०७३ सालमा रोल्पा जिल्लाको पश्चिम उत्तर भागमा पर्ने ४ वटा ओत, जिनावाङ, पाखानी, राँक समेतलाई मिलाएर अहिलेको गंगा देव गाउँपालिका निर्माण गरिएको हो । नव स्थापित यस गाउँपालिकालाई प्रशासनिक दृष्टिकोणबाट ७ वटा वडामा विभाजन गरिएको छ ।

 

यस गाउपालिकाको भौगोलिक अवस्थिति समुद्र सतहबाट ९०० (२००० मि. उचाइँमा रहेको छ भने २८º ४१ु ०३ू उत्तरी अक्षांश र ८०º५६ु ४३ू पूर्वी देशान्तरसम्म फैलिएको छ । गाउपालिकाको अधिकतम तापक्रम जेठ(असारतिर ३८.२ देखि ३१.२ डिग्री सेन्टिग्रेटसम्म र पौष(माघतिर न्यूनतम २.२ देखि अधिकतम २६.४ डिग्री सेन्टिग्रेटसम्म रहेको पाइन्छ । यहाँको औसत वर्षा १८४० मि.मि.सम्म भएको देखिन्छ ।

Quick Links

© 2026 Suchanaa. All Rights Reserved.