Gadhawa Rural Municipality Home / Directory
Gadhawa Rural Municipality
Gadhawa, Deukhuri, Dang
Government
Office Info
Address Gadhawa, Deukhuri, Dang
Fire Department 9823551707
Gadhawa Ambulance 9844930833
Gobardiha Ambulance 9857832694
Gangaparspur Ambulance 9857840060

विक्रम संवत् २०२२ साल अगाडि यस गाउँपालिकामा रहेको मौजाहरूमा थारु (चौधरी) र अहिर (यादव) जातिको वसोवास रहेको थियो । यहाँ वसोवास गर्ने क्रममा यस ठाउँमा ठूलठूला पानी जम्ने ठाउँ भएकोले पशुपालन गर्ने यादवहरूले आफ्नो भाषामा गहिरो र खाल्डाखुल्डी जम्ने ठाउँलाई “गडाहा” भन्ने गर्थे, यस ठाउँलाई ‘गडाहा’‘गडाहा’ भन्दा भन्दै  पछि ‘गढवा’ भन्न थालिएको हो भन्ने जनश्रुति पाइन्छ । त्यस्तै एक अर्को भनाईअनुसार पहिला अन्य गाउँमा रहेका ईनार कुवाको पानी बाक्लो हुने गथ्र्यो बाक्लो पानीलाई थारु भाषामा “गाहार पानी” भन्ने गरिन्छ । यहाँको पानीलाई ‘गाहार’ पानी भन्दा भन्दै अप्रभंश हुन गई पछि गएर यस ठाउँको नाम नै “गढवा” रहन गएको हो र पछि यसैबाट गढवा नाम रहन गएको कुरामा स्थानीय बासिन्दाहरूको विश्वास रहेको छ ।


वि.सं. २०२१ सालपुर्व यस गढवा गाउँपालिकामा थारु र यादव जातिको मौजा रहेको र उनीहरूले मात्र वसोवास गर्दै आएकोमा वि.सं २०२१ सालमा भूमिसुधार ऐन लागु भएपछि यस ठाउँमा अन्य जातजातिका मानिसहरूको आगमन भएको कुरा स्थानीय बासीन्दाहरूको दावी पाइन्छ । वि.सं २०३६ सालको जनमतसंग्रह पछि दाङ जिल्लाको केही गाउँ पञ्चायतको पुनरावलोकन गरिएको र साविक वडा नं ९ बनाइएको कुरा स्थानीय वुढापाकाहरूले भन्छन् तर यस सम्बन्धमा कुनै लिखित दस्तावेज भने पाईएको छैन ।


वि.सं २००६ साल अगाडि औपचारिक रूपमा स्थानीयस्तरमा लेखपढको व्यवस्था नभएकोले हुनेखाने व्यक्तिहरूले मात्र भारतको बनारस, गोरखपुर, वलरामपुर, तुलसीपुरमा आफ्ना बालबालिकालाई पढ्न पठाउने गर्दथे । वि.सं. २००६ सालमा भरतपुर पद्मोदय पब्लिक हाईस्कूल २०१६ सालमा गोवरडिहा सरस्वती हाईस्कूल र २०१७ साल गढवा जनता उ.मा.वि. स्थापना भएपछि स्थानीयस्तरमा नै पढ्ने लेख्ने व्यवस्था भएको थियो ।


विश्व मानचित्रमा अवस्थिति ८२०२८’०” देखि ८२०४८ु५०” पूर्वी देशान्तर र २७०४१’५०”देखि २७०५०’२०”उत्तरी अक्षांशसम्म फैलिएर रहेको गढवा गाउँपालिका  लुम्बिनी प्रदेश  मा पर्दछ । गढवा गाउँपालिका साविकका गा.वि.स हरू गढवा, कोइलावास, गँगापरस्पुर र गोवरडिहा मिलेर बनेको हो । समुद्री सतहबाट १९५ मिटरदेखि ८८५ मिटरसम्मको उचाइमा रहेको यस गाउँपालिकाको पूर्वमा अर्घाखाँची र कपिलवस्तु जिल्ला, पश्चिममा राजपुर गाउँपालिका, उत्तरमा लमही नगरपालिका र राप्ती गाउँपालिका तथा दक्षिणमा भारतको विहार रहेका छन् भने यस गाउँपालिकाले ३५८.५७ वर्ग कि.मी क्षेत्रफल ओगटेको छ ।


२०७८ को जनगणनाअनुसार यस गाउँपालिकाको जनसंख्या ४५,८९८ रहेको छ जसमध्ये महिलाको जनसंख्या २३,५९० (५१.४ प्रतिशत)र पुरुषको जनसंख्या २२,३०८ (४८.६ प्रतिशत) रहेको छ ।त्यसैगरी जनगणनाअनुसार सबैभन्दा बढी थारु जाति १९,६६९ जना (४१.५%), दोस्रोमा क्षेत्री ४,७१० (१०.२%) र तेस्रोमा मगर ४,१९० (९.१%) चौथोमा कुमाल ४,०९१(८.९%) पाचौमा यादव ३,५२७(७.७%) छैठौमा ब्राह्मण २०१५(४.४%) सातौमा बिश्वोकर्मा १,८३१(४%),आठौमा मुसलमान १,५०२(३.३%) नवौमा परियार ८१७(१.८%)  र दशौमा सन्हयासी/दसनमि ६९२ (१.५%) हरुको बसोबास रहेको छ । औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको मुख्य श्रोतहरूमा व्यापार, व्यवसाय, नोकरी, साना तथा मझौला उद्योगहरू र विकल्पको रूपमा वैदेशिक रोजगारी पनि एक हो ।परम्परागत प्रणालीको कृषि व्यवसायको उत्तम विकल्प खोजिरहेका यहाँका बासिन्दा आधुनिक जीवनशैलीमा रमाउन थालेका छन् । स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम बढिरहेको छ । यस गाउँपालिकामा आधारभूतदेखि माध्यमिकतहसम्म शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरूरहेका छन् ।गुणस्तरीय र प्राविधिक उच्च शिक्षाको लागि यस गाउँपालिकाका शैक्षिक संस्थाहरूमा स्थानीय विद्यार्थीका अलावा अन्य छिमेकी गाउँपालिकाबाट समेत आउने गरेका छन् । विभिन्न समुदाय, जातजातिका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ ।दशैँ, तिहार, माघी, होली, महाशिवरात्री, रामनवमी, कृष्णजन्माष्टमी, बकरइद, आईतबारी, बुद्धजयन्ती आदि यहाँका प्रमुख चाडपर्वको रूपमा रहेको पाईन्छ ।

 

 

Quick Links

© 2026 Suchanaa. All Rights Reserved.