Federal Secretariat Construction and Management Office Home / Directory
Federal Secretariat Construction and Management Office
Sanogaucharan, Kathmandu
Government
Office Info
Address Sanogaucharan, Kathmandu
Toll Free No. 4542373

वर्तमान स्वरुपमा रहेको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय वि.सं. २०२० मा जिल्ला आवास, भवन तथा शहरी विकास शाखाको रुपमा कार्य गर्ने गरिएको थियो भने आर्थिक वर्ष २०४७/०४८ मा यसको नाम परिवर्तन भई जिल्ला भवन कार्यालय रहन गयो। त्यसैगरी वि.सं. २०५४ सालमा काठमाडौं र ललितपुर जिल्ला भवन कार्यालय गाभिएर उपत्यका भवन कार्यालयको गठन भएकोमा वि.सं. २०५८ सालमा जिल्ला भवन कार्यालय भक्तपुर समेत गाभिएर विशेष शहरी विकास तथा भवन निर्माण सम्भार डिभिजन कार्यालय गठन भयो। डिभिजन कार्यालयलाई वि.सं. २०६० श्रावण देखि भवन निर्माण संभार डिभिजन कार्यालयको रुपमा परिणत भयो। वि.सं. २०७५ सालबाट साविक भवन मर्मत सम्भार डिभिजन कार्यालयमा साविक सिंहदरबार सचिवालय पुनः निर्माण समिति समाहित हुन गई यस संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयको स्थापना भएको हो।

 

नेपाल सरकार कार्य विभाजन नियमावली २०७४ बमोजिम शहरी विकास मन्त्रालयलाई तोकिएको संघीय सचिवालयको भवन निर्माण, मर्मत तथा व्यवस्थापन सम्बन्धी कार्य यस संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट सम्पादन हुने गरेको छ। यस अन्तर्गत अति विशिष्ट पदाधिकारीज्हयूहरु (राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीस, प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष) को आवास व्यवस्थापन गर्ने कार्य, माननीय मन्त्रीज्यूहरुको निवास व्यवस्थापन कार्य, सिंहदरबार परिसरभित्रका संघीय मन्त्रालय, सचिवालय लगायतका सरकारी कार्यालय भवनहरुको निर्माण तथा मर्मत सम्भार कार्य र काठमाडौं उपत्यकाका सरकारी भवनहरुको निर्माण तथा मर्मत सम्भार कार्यहरु पर्दछन् ।

Quick Links

© 2026 Suchanaa. All Rights Reserved.