Dogadakedar Rural Municipality Home / Directory
Dogadakedar Rural Municipality
Deulek, Baitadi
Government
Office Info
Address Deulek, Baitadi
Ambulance No. 9760824280
Toll Free No. 18105000422
Audio Notice Board 1618070709503

नेपालको सुदूरपश्चिम क्षेत्रमा स्थित दोगडाकेदार गाउँपालिकाको स्थापना दीर्घकालीन सोच “व्यवसायिक, बहुसांस्कृतिक समुन्नत क्षेत्र तथा सामाजिक विकाश ” का साथ बिभिन्न ७ वटा वडा बाट मिति २०७३ फागुन देखि दोगडाकेदार गाउँपालिका हुन गएको हो । यो समुद्री सतह देखि लगभग १४५० मि. जतीको उचईमा र काठमाडौँ देखि लगभग ८४५ कि.मि. को दुरीमा स्थित रहेको छ । दोगडाकेदार गाउँपालिकामा कुल ८ वडा रहेका छन् । १२६.३८ बर्ग कि.मि. को क्षेत्रफलमा फैलिएको दोगडाकेदार गाउँपालिका भू-आकृतिक सबै पहाडी रहेको छ । यस गाउँपालिका को पूर्वमा पुर्चौडी नगरपालिका, पश्चिम मा दशरथचन्द नगरपालिका, उत्तरमा डीलाशैनी गाउँपालिका र दार्चुला जिल्ला छ भने दक्षिण तिर सुर्नया गाउँपालिका रहेको छ । २०७८ साल को तथ्यांकअनुसार यस गाउँपालिकाको कुल जनसंख्या २३१०४ छ । यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ । जस्तै :- दशैँ, तिहार, माघी, होलि, गौरा इत्यादी यहाँका प्रमुख चाड पर्वको रुपमा रहेको पाईन्छ । स्थापना: २०७३ भौगोलिक अवस्थित कुल क्षेत्र: १२६.३८ वर्ग कि. मि. काठमाडौँ देखि लगभग ८४५ कि. मि. जनसंख्या( २०७८ को राष्ट्रिय जनगणना अनुसार ) जम्मा: २३१०४ राजनैतिक बिभाजन बिकाश क्षेत्र सुदूरपश्चिम, अंचल महाकाली, जिल्ला बैतडी, सिमाना : पूर्वमा पुर्चौडी नगरपालिका, पश्चिम मा दशरथचन्द नगरपालिका, उत्तरमा डीलाशैनी गाउँपालिका र दार्चुला जिल्ला छ भने दक्षिण तिर सुर्नया गाउँपालिका रहेको छ ।

Quick Links

© 2026 Suchanaa. All Rights Reserved.