Bungal Municipality Home / Directory
Bungal Municipality
Khiratadi, Bajhang
Government
Office Info
Address Khiratadi, Bajhang
नेपालको सुदुपश्चिम प्रदेशको बझाङ्ग जिल्ला भित्र पर्ने  दुईवटा नगरपालिका मध्येकै २०७३ सालमा स्थापित एक हो हाम्रो बुङ्गल नगरपालिका जुन भौगोलिक हिसाबले अति बिकट पुर्वमा सुर्मा गाउँपालिका र केदारस्यु गाउँपालिका, पश्चिममा बैतडी जिल्लाको पुर्चौडी नगापालिका, उत्तरमा दार्चुला जिल्लाको मार्मा गाउपालिका तथा दक्षिणमा बित्थडचिर गाउँपालिका पर्दछन् ।
 
भौगोलिक हिसाबले २९०.२९o देखि ३००.९o उत्तरी अक्षांस र ८००.४६o  देखि ८१०.३४o पूर्वि सेशान्तरका बिच अबस्थित बुङ्गल नगरपालिकाको कुल क्षेत्रफल ४४७.५९ बर्ग कि. मि. रहेको छ । यस हाम्रो नगरपालिका लाई ११ वटा वडाहरुमा बिभाजन गरी नगरपालिका कार्यपालिकाको कार्यालय वडा नं. ४ अन्तर्गत हाटकोटमा यसै आ. ब. देखि बन्ने तयारिमा रहेको छ । यहाँ बिभिन्न जातजातिको बसोबास रहेको र बि.सं. २०६८ को राष्ट्रिय जनगणना अनुसार कुल जनसंख्या ३३२२४ रहेको छ, भने २०७६ सालको नगरपालिकाको आफ्नो नयाँ तथ्याङ्क अनुसार ५७३५ घरधुरी सहित कुल जनसंख्या ३९५५० रहेको छ ।
 
बुङ्गल नगरपालिकामा कार्यरत स्वास्थ्य बाहेकका कर्मचारी संख्या ८३ कार्यरत छन् ।

Quick Links

© 2026 Suchanaa. All Rights Reserved.