Bhumikasthan Municipality Home / Directory
Bhumikasthan Municipality
Nuwatok, Arghakhachi
Government
Office Info
Address Nuwatok, Arghakhachi

भूमिकास्थान नगरपालिका नेपाल राज्यको लुम्बिनी प्रदेश अन्तर्गत मध्य पहाडी क्षेत्रमा अबस्थित अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कदेखि पश्चिम भागमा रहेको सुन्दर नगर हो । नेपालमा ७५३ स्थानीय तह कायम  हुँदा अर्घाखाँची जिल्लामा साविकका ढाकाबाङ, धारापानी, असुरकोट, खिल्जी, नुवाकोट, ढिकुरा र धनचौर गाउँ विकास समितिहरुलाई समेटेर भुमिकास्थान नगरपालिका बनाइएको हो । यस नगरपालिकाको कुल क्षेत्रफल १५९.१३ बर्ग किलोमिटर रहेको छ । यहाँको कूल जनसंख्या जम्मा २८,१९२ (पुरुष- १२५५२ र महिला-१५६४०) रहेको छ । यस नगरपालिकाको केन्द्र साविकको नुवाकोट गाविसको कार्यालयमा रहेको छ । यस नगरपालिकामा १० वटा वडा रहेका छन् । 

 

नामाकरण:- यस नगरपालिकाको नामाकरणको सन्दर्भमा स्थानीय बासिका अनुसार हालको भुमिकास्थान मन्दिर भएको स्थानमा पहिला पुजा गर्ने थानलाई भुमेकाथान भनिन्थ्यो। पछि आएर त्यही पुजा गर्ने थानलाई भुमिकास्थान भनिएको र सोही थानको नामबाट यस क्षेत्रको नाम भुमिकास्थान रहेको छ !

 

सीमाना:- यस नगरपालिकाको सिमाना पूर्वमा सन्धिखर्क नगरपालिका, पश्चिममा प्युठान जिल्ला, उत्तरमा मालारानी गाउँपालिका र दक्षिणमा शितगंगा नगरपालिकासम्म फैलिएको छ । लुम्बिनी प्रदेशमा अबस्थित यो नगरपालिका पर्यटकीय हिसाबले प्रसस्त सम्भावना बोकेको स्थानीय तह मानिन्छ ।

 

हावापानी तथा जलवायु:- जैविक विविधताले भरिपूर्ण यो नगरपालिका समुन्द्र सतहबाट न्यूनतम १०१२ मिटर उचाईदेखि २५१५ मिटरसम्म फैलिएकोले यसको हावापानीमा पनि विविधता छ ! पहाडी भागमा अबस्थित भएको हुनाले हिउंदमा सामान्य जाडो र गर्मीमा सामान्य गर्मी हुनु यहाँको विशेषता हो ।

 

नदीनाला तथा ताल तलैया:- यस नगरपालिकाको मुख्य नदीका रुपमा झिमरुक खोला रहेको छ भने खाकाबेशी, छापे, लम्ची, छिर्लिंङ खोलाहरु यहाँका साना खोलाहरु हुन् ! यस नगरमा साना-साना पोखरी र ताल तलैया रहेका छन् ! सेंग्लेंङ दह, मसिनाको लेक, दुर्बाङको फाँट र भुकफेंदी यस जिल्लाकै प्रसिद्ध तथा विशेष पहिचान भएका स्थानहरु हुन् ।

Quick Links

© 2026 Suchanaa. All Rights Reserved.