Bhanu Municipality Home / Directory
Bhanu Municipality
Phusretar, Tanahu
Government
Office Info
Address Phusretar, Tanahu
Website bhanumun.gov.np

आदिकवि भानुभक्त आचार्यको जन्मभूमी चुँदीरम्घा क्षेत्र एंव नेपालको राजनीतिक इतिहासका दोस्रो प्रधानमन्त्री रंगनाथ पौडेलको जन्मथलो मैवलकोट क्षेत्रलाई पूर्व र पश्चिम पारेर बगेको चुँदी खोलाले भाग लगाएको भानु र वरभञ्ज्याङ गा.वि.स लाई नेपाल सरकारको मिति २०७२/०६/०१ को निर्णय अनुसार आदिकवि भानुभक्त आचार्यको नामबाट नामाकरण एवं घोषणा भएको यस भानु नगरपालिका कार्यालयको विधिवत संचालन २०७२/०६/१५ गते शुक्रबार बाट भईआएकोमा मिति २०७३/११/२७ को नेपाल सरकारकोनिर्णय अनुसार स्थानीय तहको रुपमा पुर्नसंरचित यस भानु नगरपालिकामा साविकका भानु न.पा, वसन्तपुर गा.वि.स, मिर्लुङ गा.वि.स, रिस्ती गा.वि.स (वडा नं. ६), सतिस्वारा गा.वि.स (वडा नं. १ देखि ५), तनहुँसुर गा.वि.स (वडा नं. १ देखि ३), चोकचिसापानी गा.वि.स, रुपाकोट गा.वि.स र पुर्कोट गा.वि.स समावेश भएका छन् ।


साविक भानु न.पा. को क्षेत्रफल ८७.८१ व.कि.मी, जनसंख्या २३,६१६, साक्षरता ९८ प्रतिशत, जनघनत्व २६९.२५ प्रति वर्ग कि.मि रहेकोमा नवगठित स्थानीय तह भानु नगरपालिकाको क्षेत्रफल १८४ व. कि.मि, जनसंख्या ४५,७९२ र वडा संख्या १३ रहेका छ । यस नगरपालिकाको पूर्वमा गोरखा र लमजुङ, पश्चिममा व्यास न.पा, उत्तरमा लमजुङ तथा दक्षिणमा बन्दिपुर गाँउपालीका र गोरखा जिल्ला रहेका छन् ।

Quick Links

© 2026 Suchanaa. All Rights Reserved.