Bardagoriya Rural Municipality Home / Directory
Bardagoriya Rural Municipality
Muda, Kailali
Government
Office Info
Address Muda, Kailali

सुदूरपश्चिम प्रदेशको राजधानी अतरिया देखी ५० किलोमिटर पुर्बमा अवस्थित रहेको बर्दगोरिया गाउँपालिकाको कार्यलय मुडा, कैलाली जिल्लाको निर्वाचन क्षेत्र नं २ मा पर्दछ । बर्दगोरिया गाउँपालिका २८.२५ उत्तरी अक्षांस तथा ८१.२४ पूर्वी देशान्तरमा अबस्थित रहेको छ । समुद्र सतह देखी १४५ मिटर उचाईमा रहेको यस गाउँपालिकामा उष्ण उपोषण, समशीतोषण हावापानी भएको पाइन्छ ।  यस गाउँपालिकाको उत्तर दिशामा मोहन्याल गाउँपालिका, दक्षिणमा जोशीपुर गाउँपालिका सीमाना जोडिएको छ पश्चिममा घोडाघोडी नगरपालिका संग जोडिएको सीमाना पुर्वमा लम्की चुहा नगरपालिका रहेको छ । नेपालका २२ तराई जिल्लाहरु मध्येको एक कैलाली जिल्लामा यो गाउँपालिका पर्ने भएकाले यस बर्दगोरिया गाउँपालिकाको २ नं वडा बाहेक सबै वडाका जमिन समथर छ ।  यस गाउँपालिकामा कच्ची तथा पक्की कलभर्ट पुल गरी ३४ वटा निर्माण भएको तथ्यले पनि यस गाउँपालिकाको विभिन्न ठाउँमा स-साना खोल्सा, कुलो र नदि भएको कुरा सजिलै आकलन गर्न सकिन्छ । गाउँपालिकाको बिभिन्न वडा भएर काँढा तथा कुइरा नदी बगेको हुनाले यहा बालुवा प्रशस्त मात्रामा पाइन्छ । यस गाउँपालिकाको कुल क्षेत्रफल ७७.३ वर्ग कि.मि मध्ये करिब १५.०९ वर्ग कि.मि  भु-भाग वन क्षेत्रले ओगटेको पाइन्छ । जुन समुदायिक वन, कबुलियत वन, धार्मिक वन, तथा सरकारी संरक्षित बन भित्र पर्दछ ।

Quick Links

© 2026 Suchanaa. All Rights Reserved.