Balephi Rural Municipality Home / Directory
Balephi Rural Municipality
Balephi, Sindhupalchowk
Government
Office Info
Address Balephi, Sindhupalchowk

बागमती प्रदेश अन्तर्गतको बलेफी गाउँपालिका सिन्धुपाल्चोक जिल्लाका १२ वटा स्थानीय तह मध्ये महत्वपूर्ण भौगोलिक अवस्थितिमा रहेको स्थानीय तह हो । यो गाउँपालिका जलबिरे, फुल्पिङकोट, फुल्पिङडाँडा र मांखा गाविसहरु समेटेर स्थापना भएको हो । यस गाउँपालिको कुल क्षेत्रफल ६१.६० वर्ग कि.मी. रहेको छ । यहाँ हिन्दु, बौद्ध र क्रिश्चियनहरुको बसोबास रहेको छ । यहाँको मुख्य भाषा नेपाली हो, त्यस्तै तामाङ, नेवार र अरु भाषा पनि बोलिने गर्दछन् । यस गाउँपालिकाको कुल जनसंख्या १७,०८५ रहेको छ । ‘गाउँपालिका, नगरपाकिला तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोग’ले बलेफी गाउँपालिकालाई ८ वटा वडामा विभाजन गरको छ । सोही आधारमा गाउँपालिकाले प्रशासनिक एवं सेवा प्रवाहका कार्य गरिरहेको छ । बलेफी गाउँपालिकाको पूर्वमा बाह्रबिसे नगरपालिका, पश्चिममा चौतारा साँगाचोकगढी नगरपालिका, उत्तरमा जुगल गाउँपालिका र दक्षिणमा सुनकोशी गाउँपालिका रहेका छन् ।

Quick Links

© 2026 Suchanaa. All Rights Reserved.